Logo

इन्स्योरेन्स

एनपीएल–२ को ट्रफी सानिमा रिलायन्स लाइफमा प्रदर्शन



नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत सुरु गरिएको ट्रफी टुरअन्तर्गत ट्रफी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नक्सालस्थित प्रधान कार्यालयमा  प्रदर्शन गरिएको छ।

क्रिकेट एसोसिएसन अफ नेपालले आयोजना गरेको एनपीएल–२ मंसिर १ गतेदेखि कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ। सानिमा रिलायन्स यस संस्करणको सह–प्रायोजक बनेको छ।

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले नेपालमा क्रिकेटको लोकप्रियता दैनिक रूपमा बढ्दै गएको उल्लेख गर्दै घरेलु क्रिकेटले उत्कृष्ट प्रतिभाहरू जन्माइरहेको बताए।

उनले एनपीएलले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रभावकारी प्लेटफर्म बनेको र यसले देशको खेल क्षेत्रमा सकारात्मक सन्देश पुर्‍याइरहेको टिप्पणी गरे।

दोस्रो संस्करणमा पनि सह–प्रायोजक बन्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको केडियाले बताए।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार ०९:१०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।