Logo

अर्थ

नेपाल लाइफले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर २४ गते बुधबार साँझ बसेको सञ्चालक समितिको ४०४औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत(कर प्रयोजनसहित) नगद लाभांश रहेको छ ।

कम्पनीको हालको चुक्तापूँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ रहेको छ । जसमा कम्पनीले सेयरधनीलाई १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार ११:२१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।