Logo

प्रमुख समाचार

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, विधान अनुमोदनकाे तयारी



प्रमुख प्रतिपक्षमा रहेको ठुलो दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ।पार्टी कार्यालय सानेपामा दिउँसाे १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको विधानलाई परिमार्जनसहित अनुमोदन गर्ने तयारी गरिएको छ।

महासमिति बैठकले सर्वसम्मत रूपमा पारित गरे पनि विधान, राजनीतिक, सांगठनिक, आर्थिक र कोषाध्यक्षको प्रतिवेदनमाथि आएका सुझाबलाई केन्द्रीय समितिले परिमार्जन गर्नेछ। केन्द्रीय समितिले सुझाबलाई समेटेपछि यी प्रस्तावले अन्तिम रूप पाउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

आजको बैठकमा सोमबार देशभर गरेको विरोध प्रर्दशनको समिक्षा पनि गरिने छ। यस्तै भ्रातृ संस्था नेपाल विद्यार्थी संघको विषयमा पनि छलफल हुनेछ।

माघ २ गते भित्र महाधिवेशन हुन नसकेपछि अहिले नेविसंघ नेतृत्वको विषयमा विवाद बढ्दै गएको छ। केही नेताहरु वर्तमान कार्यसमितिको म्याद थप गरेर महाधिवेशन गर्न दिनुपर्नेमा जोड दिँदै आएका छन् भने केही नेताहरु भंग गरेर तदर्थ समिति गठन गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार ०४:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।