Logo

मनोरञ्जन

सन्चारकर्मी प्रकाश बराईली “अभिव्यक्ति” को सब्दमा “दियो बल्दैन” बजारमा (भिडीयो)



दलित अधिकारका निमित्त नयाँ पृथक गीत “दियो बल्दैन” गीतको माघ २३ गते बिमोचन कार्यक्रम सहित भिडियो सार्वजनिक भएको छ । गायक राजन भुजेल बिश्वकर्माको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको केन्द्रिय अध्यक्ष एबम अधिवक्ता त्रिलोक चन्द बिश्वास बिक रहेका थिए ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा सन्चारकर्मी एबम दलित महिला अभियन्ता सरु सुनार, राजनितिज्ञ एबम साहित्यकार रणेन्द्र बराईली रहेका थिए भने अतिथिहरु जय शम्भो, भरत बमजन , गणेश परियार, भिम कुसारी, सुसन रामदाम, कृष्ण गदाल लगायत अन्य रहेका थिए । सो कार्यक्रमको संचालन राजकुमार रायमाझीले गरेका थिए । कार्यक्रममा कलाकार र पत्रकारहरुको सहभागिता रहेको थियो ।

सोहि जनचेतनामुलक गीत “दियो बल्दैन” मा प्रकाश बराईली “अभिव्यक्ति” को शब्द रचना रहेको छ भने रमेश बिक्रम रत्नको परिकल्पना र सङ्गीत रहेको छ । यस गीतमा राजन भुजेल बिश्वकर्मा, रमेश बिक्रम रत्न, सुजन बराईली, राजेश बर्देवा, सुनितामी परियार, लक्ष्मी परियार, गीता सेन्चुरी र प्रतिमा बिश्वकर्माको स्वर रहेको छ ।

चर्चित निर्देशक होम धितालको निर्देशन रहेको गीतमा बासु बरालको छायांकन, रोशन धितालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा रामचन्द्र अधिकारी गोप्ते काजी, रमेश बिक्रम रत्न, अस्मिता राना, जय शम्भो, राजन भुजेल बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनय हेर्न पाईन्छ ।

यस गीतलाई पछिल्लो समयको ब्यस्त म्युजिक कम्पनी धिताल फिल्मस प्रालिले बजार ब्यवस्थापन गरेको छ । कस्तो छ त गीत हेर्नुस् भिडियो । भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नु होला ।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  ४ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।