Logo

सूचना/प्रविधि

फेसबुकले ल्यायो नयाँ ‘म्यासेज डिलेट’ फिचर, १० मिनेटमा म्यासेज डिलेट !



फेसबुकले नयाँ फिचर बजारमा ल्याएको छ । हिजो मंगलबारदेखि फेसबुकले म्यासेज डिलेट फिचर बजारमा ल्याएको हो ।

यस फिचर अन्तर्गत अब फेसबुक प्रयोगकर्ताले म्यासेन्जरमा पठाएको म्यासेज सबैका लागि दश मिनेट भित्र डिलेट गर्न सक्नेछन् । गत जनवरीमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले यस फिचर ल्याउने बताएका थिए ।

यसरी गर्न सकिन्छ म्यासेज डिलेटः

–फेसबुकमा जोडिएका कसैको म्यासेज बक्समा आफूलाई नरुच्ने खालको म्यासेज गए । त्यस म्यासेज तपाईले दश मिनेट भित्र डिलेट गर्नसक्नु हुनेछ । यसरी डिलेट भएको म्यासेज पहिले जस्तो अर्को प्रयोगकर्ताले देख्ने छैनन् ।

–डिलेट गर्न चाहेको म्यासेज दश मिनेट भित्र क्लिन गर्नुहोस् ।

– त्यहाँ रिमुभ अप्सन देखिनेछ । त्यसमा क्लिक गर्नुहोस् ।

–त्यहाँ रिमुभ फर यू र रिमुभ फर इभरीवन अप्सन देखिनेछ ।

–रिमुभ फर इभरीवनमा क्लि गर्नुहोस् ।

–म्यासेज सदैका लागि डिलेट हुनेछ ।

प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार  ५ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।