Logo

प्रमुख समाचार

सिपी मैनालीले ओली सरकारको एक वर्षे कार्यकाललाई शुन्य अंक दिएपछि….



नेकपा (माले) का महासचिव एवम् पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले वर्तमान सरकारको एक वर्षे कार्यकाललाई आफूले शुन्य अंक दिने बताएका छन् । उनले भने,‘यो सरकार दुई तिहाईको सरकार हो, तर यो परम्रागत ढंगबाट नै चल्यो । यसले आफ्नो कम्युनिष्ट चरित्रअनुसार काम गर्न सकेन । त्यसैले शुन्य अंक पाउनुपर्ने हो ।’

महासचिव मैनालीले सरकारले राम्रो योजनाअनुसार काम गर्न नसकेको पनि आरोप लगाए । उनले भने,‘यो सरकार पनि विगतकैजस्तो निरन्तरता भयो । अहिले यो यथास्थितिमा छ । उत्पादनमा ह्रास भएको छ । भ्रष्टाचारहरु छरिएका छन् । अहिले भ्रष्टाचारको ईपिसेन्टर स्थानीय निकायमा सरेको छ।’

मुलुकमा सुशासन पनि नभएको उनले आरोप लगाए । उनले भने,‘सरकार अहंकारी र दम्भी बनेको छ । सञ्चार जगतमा नियन्त्रण जमाउने र मुख थुन्ने काम भएको छ ।’ मैनालीले सरकारले अहिलेसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कडा आलोचना गरे ।

सरकारले विकासको नााममा वातावरणीय पर्यावरणको विनाश गर्ने काम गरेको पनि उनको टिप्पणी थियो। उनले भने,‘विकासमा विनाश हुन्छ, तर कम क्षतिमा हुनुपर्दछ । अहिले त्यस्तो भएको छैन् । विकासको नाममा प्राकृतिक स्रोत र साधनको दोहन भैरहेको छ ।’

उनले मदन भण्डारी राजमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने पक्षमा आफू रहेको बताए । यद्धपी यसको निर्माणसँगै बायोलोजिकल डाईभर्सीटीलाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

सरकार दलाल पुँजीपतीहरुको पक्षमा रहेको पनि उनले गम्भिर आरोप लगाए । उनले भने,‘भन्नलाई यसले समाजवादउन्मुख भनेपनि यसले व्यवहारमा त्यो चरित्र छोडिसक्यो । राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक ल्याउँदापनि सरकारले प्राईभेटहरुलाई प्रोत्साह गर्नेगरि ल्याएको छ।’

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  २ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।