Logo

अर्थ

विपद् राहत कोषमा एशियन लाइफद्वारा १ करोड १ लाख सहयोग 



काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावितहरूको राहत तथा उद्धार कार्यका लागि सहयोग गर्न एशियन लाईफ इन्स्योरेन्सले सरकारी राहत कोषमा १ करोड १ लाख रूपैयाँ सहयोग राशी उपलब्ध गराएको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रधानमन्त्री विपद राहत कोषमा रू. १ करोड १ लाख रूपैयाँ उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार, अर्थमन्त्रालयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कम्पनीका तर्फबाट सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र होटल क्राउन इम्पेरियलका महाप्रबन्धक अभिक जंग बहादुर सिंहको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार १०:५६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।