Logo

अर्थ

बाढीपीडितका लागि नबिल बैंकको रक्तदान कार्यक्रम



काठमाडौं । नबिल बैंकले रसुवाका बाढीपीडितको सहयोग तथा मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको छ। सोमबार आयोजित कार्यक्रममा १३६ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

बाढीका कारण प्रभावित क्षेत्रमा उत्पन्न हुनसक्ने स्वास्थ्यसम्बन्धी आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । संकलित रगत सम्बन्धित रक्तसञ्चार सेवामा तथा आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रका बिरामीको उपचारमा प्रयोग गरिनेछ ।

नबिल बैंकका प्रमुख मानव संसाधन अधिकृत दिवस कार्कीले विपद्को समयमा पीडित समुदायसँग ऐक्यबद्धता जनाउँदै मानवीय सहायता कार्यमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

उनले रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिले सबैलाई मर्माहत बनाएको भन्दै रक्तदानमार्फत जीवन बचाउने प्रयासमा सहयोग गर्न खोजिएको बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलवार १०:५०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।