Logo

प्रमुख समाचार

प्रधानमन्त्रीसँग उपेन्द्र रुष्ट, सरकारमा जाँदा बेफाईदा भएको फोरमको निश्कर्ष !



सरकार गठन भएको एक वर्ष पुरा भएको अवसरमा प्रायः सबै पार्टीले सरकारको कामको समिक्षा तथा मुल्यांकन गरिरहेका छन् । तर, सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले भने अहिलेसम्म सरकारको एक वर्षे कार्यकालको समिक्षा गरेको छैन् ।

फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी सरकारमा जानु नै घातक भएको प्रतिक्रिया दिएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘हाम्रो पार्टी सरकारमा जानु नै घातक भयो । सरकारमा जाँदा हामीलाई फाईदा भएन । बरु बेफाईदा भयो ।’

संविधान संशोधन गराउने मुल उद्देश्य बोकेर सरकारमा सहभागी भएको फोरम एक वर्ष पुग्दासमेत संविधान संशोधन प्रक्रिया अघि नबढाएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट छ । प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुको प्रश्नको उत्तर दिँदा संविधान संशोधन आवश्यकत्ता र औचित्यको आधारमा मात्रै हुने कुरा दोहोर्याएका थिए ।

प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिबाट फोरम बिच्किएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले त भेटेरै प्रधानमन्त्रीलाई संविधान संशोधन गर्न ढिलाई भएको भन्दै दबाब दिएका थिए । तर, अहिलेसम्म संविधान संशोधनबारे ओलीले कुनै प्रक्रिया अघि बढाएका छैनन् ।

प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार  १ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।