Logo

अर्थ

बाढीबाट भएको क्षतिमा नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको १ करोड १ लाख सहयोग



काठमाडौं । भोटेकोशीमा भीषण बाढीबाट भएको मानवीय तथा जनधनको क्षतिमा नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले सहयोग गरेको छ । भदौ १० गते चीनको सिजाङ तर्फवाट आएको भीषण वाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग, चितवन, पुर्वी नवलपरासी लगायतका जिल्लाहरुका वस्तीहरुमा पुगेको अकल्पनीय रुपमा ठुलो मानवीय तथा भौतिक क्षति भएको क्षपतप्रति दुःख व्यक्त गर्दै सहयोग गरेको हो ।

यस नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ तथा सदस्य उद्योगहरुवाट नागरीक, समाज एंव राष्ट्र प्रति जिम्मेवार तथा उत्तरदायी रहदै यस्ता संम्वेदनशील अवस्थामा राष्ट्रिय एकता, सामाजिक सहकार्य र मानवीय भावना अनुरुप एक करोड एक लाख सहयोग स्वरुप प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो । सोहीअनुरुप संघका अध्यक्ष विकास दुगडले संघका अन्य सद्स्यहरुसंगै अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरे ।

यस गम्भिर अवस्थालाई दृष्ट्रिगत गर्दै पिडित परिवारलाई तत्काल राहत, उपचार तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउनका लागी सरकारले यथासम्भव सिघ्र कदम चाल्नुपर्ने वर्तमान अवस्था रहेको छ। साथै दिर्घकालीन समाधानका लागी प्रभावित क्षेत्रहरुको पुनःस्थापना तथा पुर्वाधार निर्माणमा समेत विशेष सर्तकता अपनाउन जरुरी रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १४:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।