Logo

अर्थ

बाढी पीडितकाे राहत तथा पुनर्स्थापनाका लागि भायानेटद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग



काठमाडौं । रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सहयोग पुयाउने उद्देश्यले भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २० लाख सहयोग प्रदान गरेको छ ।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यवद्धता प्रकट गर्दै उक्त सहयोग प्रदान गरिएको हो ।

विपद्को समयमा आवश्यक राहत तथा पुनःस्थापनाका कार्यमा योगदान पुयाउनु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष रहेको भायानेटको विश्वास छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको यस सहयोगबाट रसुवा वाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका सरकार नेतृत्वका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यस दुःखद् विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भायानेट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित सम्पूर्ण व्यक्ति तथा समुदायप्रति भायानेट हार्दिक ऐक्यवद्धता प्रकट गर्दछ ।

साथै, विपद्को समयमा उद्धार, राहत तथा सहयोगका कार्यमा निरन्तर खटिनुभएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा विभिन्न मानवीय सहायता एवं राहत कार्यमा संलग्न सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति भायानेटले आभार व्यक्त गरेकाे छ ।

विपद्को यस घडीमा प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेकाे छ ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलवार १४:२१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।