Logo

अर्थ

बाढी प्रभावितका लागि युनिलिभर नेपालको ५ करोड नगदसहित स्वास्थ्य सामग्री सहयोग



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितको राहत तथा पुनर्स्थापना कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कम्पनीले सो रकमको चेक हस्तान्तरण गरेको छ ।

कम्पनीले राहतस्वरूप थप करिब २६ टन अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ । ती सामग्रीको मूल्य करिब १ करोड रुपैयाँ रहेको छ ।

५ करोड रुपैयाँ आर्थिक सहयोग र करिब १ करोड रुपैयाँ मूल्य बराबरका स्वास्थ्य तथा सरसफाइ सामग्री गरी युनिलिभर नेपालको योगदान करिब ६ करोड रुपैयाँ बराबरको रहेको छ ।

बाढीपछि प्रदूषण तथा संक्रमणको जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रभावित समुदायमा व्यक्तिगत तथा वातावरणीय सरसफाइ कायम राख्न सहयोग पुर्‍याउने उद्देश्यले लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिनलगायत सामग्री पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विपद्को समयमा प्रभावित समुदायको साथमा उभिनु महत्वपूर्ण रहेको बताए । उनले राहत तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले योगदान गरेको उल्लेख गरे ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलवार १७:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।