मुलुकमा दुई तिहाईको कम्युनिष्ट सरकार आएदेखि देशमा संविधान विपरीतका अधिकांश घटना भइरहेको छ। सोही क्रममा गृहमन्त्री राम बहादुर थापाका कारिन्दा पनि हालै जारी भएको अपराध संहिता विपरीत कार्य गरेका छन्।
बर्दिया क्षेत्र नं. १मा प्रदेशसभाका सांसदको घरमा प्रहरीले बिना सूचना छापा मारेको छ। ईलाका प्रहरी कार्यालय मैनापोखरीबाट खटिएको सिविल प्रहरी टोलीले नेपाली कांग्रेसबाट निर्वाचित बर्दिया जिल्ला क्षेत्र नं.१ का प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीको घरमा मंगलबार राति छापा मारेको हो।
रातिको १०ः२५ बजे साझा पोशाकमा गएका प्रहरीले हामी सीआइबीका कर्मचारी हौ ढोका खोल्नुस भन्दै जवर जस्ती ढोका खोल्न लगाएर घरको खानतलासी गरेको प्रदेश सभा सदस्य चौधरीले बताए।
सांसद चौधरीले भने,म मिटिङका लागि बुटवलमा आएको थिए घरमा श्रीमती मात्र थिइन्, घरमा कोही छैन भन्दा पनि सिआईबीको कर्मचारी भएको भन्दै ढोका खोल्न लगाएर ५, ६ जनाको समुह जवरजस्ती घर भित्र प्रवेश गरेर खान तलासी गरे किन गरेको भनि प्रश्न गर्दा उत्तर नदिई फर्किएको चौधरीले आरोप छ ।
उनले देशमा आतंक बढेको बताउँदै सांसदको घरमा छापा मार्न पुग्ने प्रहरीले जनतालाई कसरी न्याय दिन्छन भन्दै तत्काल पार्टीले यसको बारेमा कुरा गर्ने समेत बताए। सांसद चौधरीको घरमा गए राति छापा मारे पछि नेपाल कांग्रेस बर्दियाको कार्य सम्पादन समितिको बैठक बसी घटनाको निन्दा गरेको छ ।



















प्रतिक्रिया