गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपाविरुद्ध सरकार कठोरताका साथ प्रस्तुत हुने बताएका छन्। कर्णाली प्रदेशको सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न सुर्खेत पुगेका गृहमन्त्री थापाले पत्रकारहरुसंग कुरा गर्दै विप्लवविरुद्ध कठोरताका साथ प्रस्तुत हुने बताएका हुन्।
‘हामीले विभिन्न समूहहरूलाई राज्यको मुलधारमा आउन र लोकतान्त्रिक विधिबाट समास्याको समाधान खोज्न वार्तामा आउन अनुरोध गरिरहेका छौं ।’ गृहन्मन्त्री बादलले भने, ‘वार्तामा नआउने आपराधिक समूहप्रति राज्य कठोरतापूर्वक उभिनेछ । देशमा शान्ति, अमन चयन कायम गराउने राज्यकोे पहिलो कर्तव्य हो ।’
गृहमन्त्री बादलले विप्लव समुहले केहि स्थानमा हिंसात्मक गतिविधि गरेतापनि राज्यले सहजै नियन्त्रणमा लिने बताए । ‘यो अहिले धेरै ठूलो चुनौतीको रुपमा त होईन् तर राष्ट्रको शान्ति सुरक्षाका लागि केही सुरक्षा चुनौती भएको छ,’ थापाले भने ‘त्यो समुहले भखैरै देशव्यापी रुपमा विध्वांसात्मक गतिविधि विस्तार गरेको छ, उनीहरुलाई राज्यले केही पक्षमा संरक्षण र उन्मुक्ति दिएकाले उनीहरुको हौसला बढेको देखिन्छ।’
‘हाम्रा लागि विप्लव समूह मुख्य चुनौती होइन ।’ उनले भने, ‘हामी हिंसात्मक गतिविधि गर्नेलाई नियन्त्रण गर्न सक्छौं । बाहिर हल्ला गरिए जस्तो विप्लव समूह चुनौतीका रुपमा आएको छैन ।’ उनले विप्लव समुह आफैं निस्तेज भएर जाने दाबी गरे ।
गृहमन्त्री थापाले सरकारले एक वर्षमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गरेको, विस्तार गरेको, संघीयता कार्यान्वयनका लागि कानूनहरू बनाइरहेको, संरचनाहरू निर्माण गरिरहेको, सुशासन, शान्तिलाई स्थायीत्व गर्न थालेको र विकास र समृद्धीका आधारहरू तयार गरेको फेहरिस्त सुनाए ।




















प्रतिक्रिया