Logo

अन्तर्राष्ट्रिय

जम्मू–कश्मीरबाट आतंकवादीले गरे भारतीय सेनाका एक जवानको अपहरण



भारतको जम्मू–कश्मीर राज्यको बडगामबाट शुक्रबार साँझ आतंकवादी संगठनले भारतीय सेनाका जवान मोहम्मद यासीन भटलाई अपहरण गरेको छ । एक महिनाको बिदा लिएर आफ्नो गाउँ काजीपोरा चादूरा आएका यासीनलाई उनकै घरबाट अपहरण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनको खोजी कार्य जारी रहेको पनि प्रहरी अधिकारीहरुले जनाएका छन् । पुलवामामा आतंकवादी आक्रमण भएपछि भारत–पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण अवस्था रहेकै अवस्थामा यासीनको अपहरण भएको हो ।

गएको वर्ष जुन महिनामा भारतीय सेनाका जवान औरंगजेबको अपहरणपछि हत्या भएको थियो ।जम्मू–कश्मीरको पुंछमा घर भएका औरंगजेबलाई यात्राकै क्रममा अपहरण गरिएको थियो । इद मनाउन घर फर्किरहेका बेला उनलाई बाटोबाटै आतंकवादीहरुले अपहरण गरेका थिए । पछि उनको शव भेटिएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार ०८:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।