Logo

अर्थ

सुविधा भोगी बन्दै सरकार, १४ करोडका कारगेड बाइक निकिदै



सरकारले १४ करोडका सवारी साधान किन्न लागेको छ । देश विकाशमा खर्च गर्दा एउटा सिंगो प्रदेशलाई नै पुग्ने उक्त बजेट भिभिआईपीहरुकै लागि प्रयोग हुने सवारीमा खर्च गर्न लासिगएको हो ।

राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैंयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ(कारगेड)मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोत जनाकारी दिएका छ ।

त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन् ।

राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब रुपैंयाँबराबरको हेलिकोप्टर र १४ करोडका कारगेड मोटरसाइकल किन्ने निर्णयपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।

उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लागिरेका बेला त्यसलाई थप बल पुग्ने गरी भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैंयाँमा ६ सय ५० सीसीका ३० वटा जापानी सुजुकी स्कर्टिङ मोटरसाइकल खरिद सम्झौता भइसकेको छ ।

खरिदका क्रममा रहेका ती मोटरसाइकल प्रतिएकको मूल्य ४६ लाख ६० हजारभन्दा बढी पर्छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार ०३:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।