नेपाली कांग्रेसमा विभिन्न समयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कडा टकराव हुने गरेको छ । देउवा पावरफुल भएकाले सुधै पौडेल पछि हट्दै आएका छन् ।
यस्ता घटानाले विभिन्न समयमा कांग्रेसको आन्तरिक आन्दोलन उत्कर्षमा पुग्ने गरेको छ । यतिमात्र हैन् आन्तरिक विवादकै कारण एबक अर्काका कार्यकर्ताहरुको साँढे जुदाईलेपनि ब्यापक चर्चा हुने गरेको छ । आन्तरिक किचलोकै कारण कांग्रेसले विभिन्न समसयमा हार समेत व्यहोर्नु परेको छ ।
यो समस्या कांग्रेसमा सुरुवाति देखिकै समस्य हो। तर, अहिले देउवा भन्दा पौडेल पावरफुल बन्दै गर्एका छन् । कार्यकर्ताहरुले देउवाको विश्वास नभएको भन्दै पौडेललाई रोज्ने गरेका छन् । यसैले देउवालाई तानव सिर्जना भएको आन्तरिक स्रोतको दाबि छ ।
एकतिर कोईराला परिवारले समेत पौडेललाई साथ दिन थालेपछि पौडेल कांग्रेसमा अझ शक्तिशाली बनेकाहुन् । अबको महाधिवेशनमा पौडेलले आफ्नो पक्षमा मत पार्नका लागि अहिले देखि नै गृहकार्य थालेका छन् ।




















प्रतिक्रिया