Logo

समाचार

गल्ती ढाक्न प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले लेखे यस्तो कवितामा



बिखण्डनको मुद्दा नछाडेका सिके राउतसंग ११ बुँदे सहमति गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकार यतिबेला निकै आलोचनाको पात्र बनेको छ । सम्झौता गरेको ४८ घण्टा नबित्दै राउतका कार्यकर्ता फेरि स्वतन्त्र मधेशको नारा घन्काउँदै हिँडेपछि ११ बुँदाको धज्जी उडेको छ ।

 जेलबाट छुटेको २४ घण्टा नबित्दै सरकारले भब्य कार्यक्रम गरी स्वतन्त्र मधेशका अभियन्ता सिके राउतसंग गरेको सहमतिलाई शंकाको दृष्टिले हेर्ने नेताहरुप्रति सरकारले शत्रुको दृष्टिले नै हेर्ने गरेको छ । सोही क्रममा प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालले सरकारको सहमतिप्रति शंका गर्ने त्यस्ता नेताहरुलाई नै ब्यङ्ग्य गर्दै कविता लेखेका छन् ।

सामाजिक संजाल ट्वीटरमा राखिएको उनको कविता यस्तो छ –

नेताहरू––
झुक्किए, फसे वा फसाईए
या तिनिहरूले गल्ति नै गरे पनि
कोईवात छैन – हामी धन्य छौं
मुलुक जोगाउने ‘एक–से–एक उहॉ’हरू हुनुहुन्छ।

आङ्  सिरिङ्ग हुन्छ
र, साह्रै आश्चर्य लागि रहेको छ,
‘उहॉहरू’ को जन्म अघि
यो मुलुक कसरी जोगिए छ ?!

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार ०५:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।