Logo

स्पेनिस ला लिगामा साविकको विजेता रियल म्याड्रिड अलाभेससँग पराजित



 स्पेनिस ला लिगामा साविकको विजेता रियल म्याड्रिड अलाभेससँग पराजित भएकाे छ । गएराति भएकाे खेलमा रियल आफ्नै  घरेलु मैदामा अलाभेससँग २-१ ले पराजित भएको हो ।

खेलको पाँचौ मिनेटमा पेनाल्टीमार्फत लुकास पेरेजले गाेल गर्दै  पाहुना टोली अलाभेसलाई अग्रता दिलाएका थिए । नाचो फर्नान्डेजले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

पहिलाे हाफमा एक गाेल गरेकाे अलाभेसले दाेस्राे हाफमा पनि एक गाेल थप्याे । दोस्रो हाफको ४९ औं मिनेटमा जाेसेलुले गाेल गर्दै अलाभेसकाे अग्रता दोब्बर बनए । गोलरक्षक थिबाउट कोर्टुवाले क्लियर गरेको बल सिधै जोसेलुको खुट्टामा पुगेपछि उनले पेनाल्टी क्षेत्र बाहिरबाट सिधै गोल गरेका थिए ।

निर्धारित समयको ५ मिनेट बाँकी रहँदा रियलले एक गोल फर्कायाे । खेलकाे ८६ औं मिनेटमा क्यासेमिरोले गाेल गरेका थिए ।

याे हारसँगै रियल अंक तालिकाको चौथो स्थानमा सिमित रहेको छ । रियलको १० खेलमा १७ अंक छ । अलाभेस भने ११ खेलमा १३ अंकसहित नवौं स्थानमा छ । शीर्ष दुई स्थानमा रहेका रियल सोसीडाड र एटलेटिको म्याड्रिडको २३-२३ अंक छ । एटलेटिकोले ९ तथा सोसीडाडले १० खेल खेलेको छ ।

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  ९ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।