Logo

शेयर बजार

सेयर–बजार : अन्तिम कारोवार दिन घटेर नै रोकियो नेप्से



साताको अन्तिम कारोवार दिन बिहिबार पुुन घटेको छ । नेप्से आज एक दसमलव ७४ अंकले घटेर १२ सय ६३ दसमलव ८४ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७१ अंकले घटेर दुुई सय ७२ दसमलव ५३ अंकमा पुुगेको छ ।

एक सय ६८ कम्पनीहरुको आठ हजार चार सय ५३ वटा कारोवारमा २० लाख ६० हजार छ सय ७८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५९ करोड पाँच लाख ८८ हजार दुुई सय ३९ रुपैयाँ पुुगेको छ ।

१२ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेको छ भने टेडिङ समुहको सुचक स्थिर रहेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ६८ अंकले घटेर ११ सय ३६ दसमलव २९ अंकमा पुुगेको छ ।

बिकास बैंक समुहको सुचक पनि एक दसमलव सात अंकले घटेर १६ सय १६ दसमलव ९० अंकमा पुुगेको छ । यसैगरी जलबिद्युुत, उत्पादनमुुलक, होटल, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार १०:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।