फागुन ५ गतेका दिन राजधानीमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, दलित नागरिक समाज र अन्य धेरै संघ संस्थाहरुको संयुक्त आयोजनामा भएको बिश्वब्यापी आवधिक समिक्षा प्रतिबेदन तयारीका लागि सुझाव संकलन कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रीय अध्यक्ष त्रिलोक चन्द बिश्वास बिकको सभापतित्व रहेको गोष्ठीमा राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालको प्रमुख आतिथ्यता रहेको थियो । सो गोष्ठीमा प्रमुख अतिथी दाहालले यस बिषय बारे दलित दलितबीच मात्र हैन गैरदलितसँग पनि छलफल गरेर अगाडि बढ्नु पर्ने धारणा ब्यक्त गर्दै बनेको कानूनलाई सहि ढंगबाट कार्यान्वयन गरिनुपर्ने बताएकी छन् । साथै उनले दलित समुदायको मुक्तीका लागि बनाईएका हालका कानून पर्याप्त नभएको स्वीकार गदै आवश्यक कानून बनाईनु पर्नेमा जोड दिएकी छन् ।
त्यस्तै सांसद मिन विश्वकर्माले सो अभियानको सफलताको शुभकामना दिदै दलितको मुद्धा राष्ट्रिय मुद्धा बन्न नसकेको र संसदमा पनि त्यस बिषयलाई उठाउन नदिएको गुनासो समेत ब्यक्त गरेका छन् । साथै दलितले फोटो बेचेर खायो भन्छन् तर सरकारले नै दलितको फोटो बेचेर खाएको सांसद बिश्वकर्माले आरोप लगाएका छन् ।
यस गोष्ठीमा बिश्वब्यापी समिक्षा प्रतिबेदन (युपीआर) प्रतिबेदन तयारी मूल समितीका अध्यक्ष एबंम् सयोजक मोतीलाल नेपालीले संबिधानको धारामा राम्रो कानून बनाईएतापनि प्रभावकारी ढंगबाट कार्यान्वयन नभएको बताए । त्यस्तै उनले सामन्तबादको अन्त्य नभए सम्म छुवाछुत तथा बिभेदको अन्त्य नहुने बताउनुका साथै विचारधाराको तयारी, चेतनाको विकास गर्दै सशक्त आवाज उठाउनका लागि आग्रह गरेका छन् ।
अमेरिका बस्दै आएकी डा. बिष्णुमाया परियारले नेपालमा मात्र नभएर अमेरीकामा पनि बिभेद रहेको कुरा खुलासा गरिन् । दलित समुदायको उत्थानका लागि सबै दलितहरु एकजुट भएर अगाडि बढ्न उनले आग्रह गरेकी छन् । यस अभियानलाई आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने उनले प्रतिबद्धता जनाएकी छन् ।
उक्त गोष्ठीमा बोल्दै सांसद निरादेबी जैरुले (एमसीसी) लगायत अन्य काण्ड देख्ने पत्रकारहरुले दलित समुदायको मुद्धा नदेखेको र नदेखे जस्तो गरेको गुनासो ब्यक्त गरेकी छन् । सबै पार्टीका दलित नेतृत्वकर्ताहरु एकै ठाँउ बसेर दलित समुदायको प्रभावकारी एजेन्डा बनाउन आवश्यक रहेको उनले बताईन् । साथै वादी समुदायको महिलाहरुले भोग्दै आएको समस्याको बिषयमा छलफल भैरहेको जानकारी गराईन् ।
नेपाल भारत दलित मैत्री संघका अध्यक्ष ओम प्रकाश रामदाम बिश्वकर्माले कार्यक्रममा बोल्दै नेपालमा क्रान्तिकारी नेता कोही नभएको र पदका लागि मात्र बोलेको भन्दै दुखेसो ब्यक्त गरेका छन् । उनले हाम्रो देशका नेताहरुको मिशन र भिजन नरहेको आरोप लगाउदै दलित तथा जनजातीले आफ्नो हक अधिकारका लागी कम्मर कसेर लाग्नु पर्ने बताए ।
मानव अधिकार सम्बन्धी बिश्व ब्यापी समिक्षा प्रतिबेदन तयारी मूल समितीले नेपालका हरेक क्षेत्रबाट दलित समुदायहरुको हक अधिकार र मागको बिषयमा सुझाव संकलन गरी स्विजरल्याण्डको जेनेभामा आगामी हुने गोष्ठीमा पेश गर्ने कुरा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रीय अध्यक्ष तथा यु.पि.आर प्रतिबेदन तयारी मूल समितीका संयोजक त्रिलोकचन्द बिश्वास बिकले जानकारी गराएका छन् । यस कार्यक्रमको मुख्य उदेश्य पिडितहरुलाई उद्धार गर्ने रहेको भन्दै गुणस्तरीय प्रतिबेदन तयार गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
गोष्ठीमा दलित समुदायले भोग्नु परेको पिडाहरु, समस्या, समस्या समाधानमा आएका चुनौती, नेपाल सरकारले दलित समुदायको उत्थानका लागि गरेको बिभिन्न पक्षहरु माथि छलफल तथा अन्तरक्रिया गरिएको छ । गोष्ठीमा प्रमुख अतिथी एबं राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाललाई बिभिन्न माग सहित ज्ञापन पत्र बुझाईएको छ ।
















प्रतिक्रिया