Logo

प्रमुख समाचार

चन्दन शाक्यको प्रश्न नेता ज्यु राजा हल्लीदा तपाईको टाउको किन दुख्यो ?



पछिल्लो समय मुलुकमा राजाको चलखेल बलियो बनिरहेको बेला राजको समर्थनमा बोल्दै हामी नेपाली पार्टिका अध्यक्ष चन्दनकुमार शाक्यले राजा हल्लीदा नेपाली जनताको टाउको किन दुखेको भन्दै प्रश्न गरेका छन् । विहिबार अनलाईन पानासंग कुरा गर्दै अध्यक्ष शाक्यले पुर्व राजा ज्ञानेन्द्र पनि नेपाली जनता नै भएकाले खुल्ला रुपमा राजनिती गर्न पाउने अधिकार रहेको बताएका छन् ।

उनले अहिलेको कम्युनिष्ट सरकारले नेपाली जनताको अधिकारको लागि बोल्ने अधिकार समेत खोसेको आरोप लगाउदै उनले भने, हिजो मात्रै रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाईयो । त्यो यसकारण सुनाईयो की उनी चौधरीका छोरा थिए । अब हामी चुप बस्दैनौ फेरी यि नयाँ जन्मिएका हजारौ राजालाई हटाएर एउटै राजा ल्याउनु पर्छ । ज्ञानेन्द्र फेरी आउनु पर्छ हामी युवाहरुको माग यहि रहेको छ । यस्तै उनले भने देशमा १६ १७ हजार नेपाली युवालाई मार्नेहरुलाई छुट दिएर एउटा चौधरीको छोरालाई जन्मकैद सुनाएर सरकारले देखाएको बहादुरी प्रति आफुले खरबदारि गर्ने उनले बताए ।

यस्तै उनले अर्को प्रश्न गर्दै भने यो कस्तो गणतन्त्र हो । राजाको तालमा नाच्ने ? राजा हल्लीने वित्तिकै वित्तिकै हल्लीलने हरेक अहिले पनि थुप्रै देशमा राजा शासन लागु नै छ । ति देशहरुको विकाश भैरहेकै छ । अब राजासंग मिलेर हामीले घर घरबाट भ्रष्टाचारीहरुलाई निकालेर कारबाहि गर्ने जनाए ।

यस्तै उनले भने अबको राजनिती जनतामुखी हुनुपर्छ । तर, अहिले राजनिती भने केन्द्र र पदमुखी रहेको बताए । पछिल्लो सयम राजाले नेपाल तथा विदेशमा भेटघाट बाक्लो बनाएपछि नेपालका केहि पश्चिमा शक्ति र कम्युनिष्टहरु आत्तिएको बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार १०:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।