Logo

प्रमुख समाचार

रेशम चौधरीलाई जेल मुक्त नगरे सिंहदरबारलाई उखेलेर फाल्ने लक्ष्मण थारुको चेतावनी



टीकापुर घटनामा संलग्न रहेको आरोपमा करिब तीन वर्षको जेल सजाय भोगेर छुटेका थरुहट नेता लक्ष्मण थारुले रेशम चौधरीलाई जेल मुक्त नगरे सिंहदरबार उखेलेर फाल्ने चेतावनी दिएका छन् । उनले जिल्ला अदालत कैलालीले गरेको उक्त फैसला प्रति आफुहरु दुखित भएको बताउदै यसबारेमा अब आन्दोलनको विकल्प नरहेको औल्याएका हु्न् ।

आइतबार धनगढी आइपुगेका थारुले रेशम चौधरीसहित ११ जनालाई छुटाउन पुनरावेदन गर्ने बताए । ‘उच्च न्यायालयले हाम्रो राजनीतिक भविष्य अनिश्चित गर्न सक्दैन भन्ने विश्वास छ’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘न्यायमूर्तिले बाँकी साथीहरुलाई न्याय गर्नेछन् ।’

राजनीतिक नेतृत्वले गर्न नसकेको साहस न्यायाधीश परशुराम भट्टराई गरेको उनको टिप्पणी थियो । ‘राजनीतिक नेतृत्वले टीकापुर घटना के हो ? र थारु समुदायको मुद्दा के हो ? त्यो बुझ्ने प्रयास पनि गरेन’, थारुको गुनासो छ ।

उनले थारु समुदायको मुद्दालाई काल्पनिक र चुटकिला नठान्न प्रधानमन्त्रीलाई आग्रह गरे । ‘सिंहदरबारलाई उखेलेर फाल्ने शक्ति थारु समुदायसँग छ’, उनले भने, ‘वगतमा भएको सम्झौताप्रति गम्भीर बन्न सरकारलाई आग्रह गर्दछु ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार १०:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।