नेकपा भित्र अहिले मन्त्रीको आकांक्षिहरु क्रमबद्ध रुपले बढिरहेका छन् । पर्यटन मन्त्रालय नेतृत्वविहीन बनेको १५ दिन पुग्न लागेको छ । गत फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा परी मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि मन्त्रालय नेतृत्वविहीन बनेको हो ।
नेकपामा एकपछि अर्को गर्दै समस्या थपिएपछि मन्त्री छान्न सकिरहेका छैनन् । पर्यटन मन्त्री अधिकारीको निधन भएको हप्तादिन नपुग्दै पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएपछि नेकपामा पुन शोक थपिएको थियो ।
अहिले लामो समयपछि नेकपामा मन्त्री छान्न बहस सुरु भएको छ । यस लगत्तै मन्त्रीको आकांक्षिहरुको भिड देखिएको छ । कसलाई मन्त्रालयको जिम्मेवारी दिने भन्नेमा अहिले नेकपा भित्रै विवाद सुरु भएको छ ।
मन्त्रीको आकांक्षिमा नेकपा सचिवालय सदस्य योगेश भट्टराईको चर्चाले पाईरहेको छ । आन्तरिक स्रोतले दिएको जानकारी अनुसार सञ्चारमन्त्री गोकुल बास्कोटाले जिम्मेवारी पाएको काम गर्न नसकेको भन्दै उनलाई पर्यटनमा सारेर योगेश भट्टराईलाई सञ्चार मनत्रालयमा ल्याउन तयराी गरिरहेको छन् तर, अहिलेसम्म सरकारले कुनै निर्णय लिन सकेको छैन ।
यस्तै मन्त्रालयकै दाबि गरिरहेकाहरुमा प्रेम आले, सुरेन्द्र पाण्डे, छबिलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, यज्ञराज सुनुवारको लगायतका नेताहरु मध्येमा कसलाई बनाउने भन्नेमा छलफल चलिरहेको स्रोतको दाबि छ । उनीहरुमध्येबाट कोको मन्त्री बनाउने भन्ने अन्तिम अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डको भएकाले यसबारेमा छिट्टै निर्णय गर्ने जनाईएको छ ।



















प्रतिक्रिया