नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सिके राउतका कार्यकर्ताहरुले मधेशमा देश विखण्डनकारी नारा लगाईदापनि कम्युनिष्ट सरकार गम्भिर नबनेको बताएका छन् । सोमबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले सरकारले दुई तिहाईको दम्भ सोझा साझा जनतालाई सास्ति दिनका मात्र गर्ने गरेको बताउदै अब कांग्रेस चुप लागेर नबस्ने बतााएका छन् ।
चाारैतिर विरोध खेप्नु परेका कारण सरकारले सस्तो लोकप्रियताको लोभले सिके राउतसँग११ बुँदे सहमति गरेको बताएका छन् । उनले यसले सरकारलाई लाभ नभई कम्युनिष्ट नै विलापको बाटोमा अघि बढेको बताए ।
उनले सहमतिको भोलिपल्टै सिके राउतका कार्यकर्ताहरुले धनुषामा स्वतन्त्र मधेसको पक्षमा प्रदर्शन गर्दा पनि प्रहरी प्रशासन चुप लागेर बस्नुले सरकार सहमतिमा गम्भीर नरहे्को स्पष्ट भएको टिप्पणि समेत गरेका छन् ।
सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको भोलिपल्ट गृहमन्त्री रामबहादुर थापा (बादल)ले संसदमा जवाफ दिइरहेको बेला धनुषामा उनका कार्यकर्ताहरुले स्वतन्त्र मधेस लेखिएका ब्यानरसहित प्रदर्शन गरेका थिए । उनीहरुले ‘स्वतन्त्र मधेस जिन्दावाद’का नारा लगाएका थिए ।
पूर्वउपप्रधानमन्त्री सिंहले सिके राउतसँग भएको सहमति धेरै नटिक्ने संकेतको रुपमा यसलाई लिन सकिने बताए । उनले भने, ‘सरकारको अरु कदमजस्तै यो पनि सस्तो लोकप्रियता कमाउने, त्यसको टिकाउ धेरै नहुने अर्को कुराको उदाहरणको रुपमा हामीले यसलाई लिन सक्छौं ।’
संविधानविपरित गतिविधि गर्ने छुट कसैलाई पनि दिन नहुने उनले बताए । सरकारले पनि संविधानको मर्म र भावनाविपरित कुनै पनि सहमति र सम्झौता गर्न नहुनेमा उनले जोड दिए । कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले भने, ‘दुई तिहाइ छ भन्दैमा सरकारले संविधानको खिलाफमा जाने गरी कुनै पनि सम्झौता सहमति गरेको खण्डमा जनताले स्वीकार्दैनन् ।’



















प्रतिक्रिया