Logo

शेयर बजार

शेयर बजार ६.८३ अंकले घट्यो



मङगलबार शेयर बजार ६.८३ अंकले घटेर १,१४७.१५ अंकमा कायम भएको छ । सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह २२.३९ अंकले घटेको छ ।

दिनभरिमा १ सय ५८ वटा कम्पनीको ५ लाख ३४ हजार ९ सय ९५ कित्ता शेयर २ हजार ५ सय ९२ पटक खरिदविक्री हुदा १४ करोड ८६ लाख ३३ हजार २ सय ४५ को कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको द्द करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी गुँरास लाइफ इन्स्योरेन्स र ग्वलोबल आइएमई बैंक प्रोमोटर शेयरको १ करोडमाथिको कारोबार भएको छ भने अपर तामाकोशी, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंकको ४० लाखको कारोबार भएको छ। कामना सेवा विकास बैंक प्रोमोटर शेयर, सिभिल बैंक र सेञ्चिुरी कमर्सियल बैंकको ३० लाखको कारोबार भएको छ ।

आशा लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् । श्री राम सुगर मिल्स, सिन्धु विकास बैंक, सहयोगी विकास बैंक, जनउत्थान सामुदायिक लघुवित्त, नेशनल हाइड्रोपावर, नागरिक लगानी कोष लगायतका शेयरधनीले कमाएका छन् ।

मितेरी डेभलपमेन्ट बैंकका शेयरधनीेले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् । रिडी हाइड्रोपावर, साइन रेसुङगा डेभलपमेन्ट बैंक, अरुन कावेली पावर, स्वरोजगार लघुवित्त, गोर्खाज फाइनान्स, निर्धन उत्थान लघुवित्त लगायतका शेयरधनीले गुमाएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलवार ११:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।