चर्चित पत्रकार रवि लामिछानेलाई प्रधानमन्त्री बनाई देउ माता भन्दैँ एक युवाले पाथिभरा मन्दिरमा उनको फाटो चढाएका छन् । उनले आफू रवि लामिछानेको ठूलो फ्यान भएको र ३ करोड जनता पनि उनको फ्यान भएको भन्दै सूर्य गिरी नामका युवाले फेसबुक पेज मार्फत उक्त फोटोसहितको स्टाटस पोष्ट गरेका हुन् ।
यस्तो छ उनको स्टाटसः–
नेपालको सबै भन्दा शक्तिसाली अथवा हामी नेपाली हरुको शक्ति पिठ ४००० मिटर उचाइमा रहेको अत्यन्तै शक्तिसाली ताप्लेजुङ जिल्लामा अवस्थित पाथिभरा माताको दर्शन गरियो मिती २०७६्र०१्र२१ गते माता तिर्थ औसी अथवा माता तिर्थ औसिको दिन दर्शन अत्यन्तै राम्रो भयो हुनत सबैको मन कहाँ मिल्छ होला र म चै एक रास्ट्रप्रेमी युबा भएको कारण पाथिभरा माता अथवा पाथिभरा मन्दिर लाई हाम्रा अत्यन्तै लोकप्रिय भनउ या देशकै ३ करोड जनताका प्रेमी आदरणिय दाजु रबी लामिछाने लाई प्रधान मन्त्री बनाई दिन हुन भन्दै मैले प्रार्थना गरे पुजा अनि प्रार्थना अत्यन्तै राम्रो भयो मलाई लाग्छ मेरो चाहना या हामी सम्पुर्ण देशप्रेमिको चाहना पुरा हुनेछ
जय देश जय रबी लामिछाने
#योगेश-सर लाई विशेष धन्यवाद
















प्रतिक्रिया