Logo

प्रमुख समाचार

सरकारमाथि गगन थापाको कटाक्ष- ‘समृद्ध दमक, सुखी केपी ओली’



नेपाली कांग्रेसका नेता गगन थापाले सरकारलाई मूल नारा परिवर्तन गर्न सुझाएका छन् ।संघीय प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा परिर्वतन गरी ‘समृद्ध दमक, सुखी केपी ओली’ भन्ने नारा राख्न सुझाएका हुन् ।

प्रधानमन्त्रीको लेटरप्याड प्रयोग गरी आफ्नो निर्वाचन क्षेत्रका लागि सिफारिस गरिएका योजनाहरुको फेहरिस्तका सन्दर्भमा थापाले कटाक्ष गरेका हुन् । उनले सरकारको नीति तथा कार्यक्रम अलमलिएको निबन्ध जस्तो भएको टिप्पणी गरे ।

उनले भने, ‘महत्वाकांक्षाविहीन, अभिलाशा शून्य सपनारहित नीति तथा कार्यक्रमले सरकारले सपना देख्ने क्षमता पनि राखेको छैन ।’

कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अख्तियार, मानवअधिकारआयोग लगायत संवैधानिक निकायलाई पेल्ने काम गरेको सरकारले १ वर्षमा कुनै पनि उपलब्धि हासिल गर्न नसकेर आत्मप्रशंसामा मात्रै अल्झिएको टिप्पणी गरे ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार १३:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।