Logo

समाचार

सात वर्षीया नाबालिका बलात्कारको आरोपमा जाहेरी



सात वर्षीया नाबालिकामाथि बलात्कार गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी परेको छ । छोरी सहित घरायसी काम गर्न गएका बेला घरधनीले नाबालिकामाथि बलात्कार गरेको भन्दै आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा एक साताअघि उजुरी गरेकी थिइन् ।

बानेश्वर वृत्तका डिएसपी गोविन्द काफ्लेले घटनाको ४र५ दिनपछि उजुरी परेको बताउँदै बालिकाको थापाथलीस्थित परोपकार प्रसूति गृहमा स्वास्थ्य परीक्षण गराइएको बताए ।
उनले स्वास्थ्य परीक्षणको रिपोर्ट नआइसकेको र आरोपित व्यक्ति फरार रहेको बताए । प्रहरीका अनुसार आरोपित ४० वर्षमाथिका व्यक्ति हुन् ।

आरोपितको परिवारका सदस्यले उनी काम विशेषले बाहिर गएको बताउँदै आएका छन् भने प्रहरीले उनी सर्म्पकमा नरहेको बताइरहेको छ ।
प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ११:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।