नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवि नेपालले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
संघीय संसदको अर्थ समितिले बिहीबार काठमाण्डौमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि बजेट’ छलफल कार्यक्रममा बोल्दै उहाँले देशमा बढ्दो व्यापार घाटालाई कम गर्न पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धिमा जोड दिनुपर्ने स्पष्ट पारेका हुन् ।
चालु आर्थिक वर्षको हालसम्म संघीय सरकारले ३५ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । गभर्नर नेपालले पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।
चालु आर्थिक वर्षको हालसम्म संघीय सरकारले ३५ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । गभर्नर नेपालले पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।
गभर्नर नेपालले पूँजीगत खर्च बढाउने काम नगरे मुलुकमा आर्थिक गतिविधिले बढावा नपाउने धारणा राख्नुभयो ।

प्रतिक्रिया