भारतको सिद्धार्थनगर जिल्लासँग सीमा जोडिएका कपिलवस्तु र रुपन्देही अन्तर्गतका नेपाली सीमा नाका तीन दिन बन्द हुने भएको छ ।
३ दिनका लागि बन्द हुने नाका शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताएका छन् ।
भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने चुनावको सुरक्षालाई मध्यनजर गर्दे कपिलवस्तुको सीमा नाका बन्द गरिन लागेको हो । दुई देशका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको सहमतिमा सीमा नाका बन्द गर्न लागिएको हो ।
तर यो अवधिमा बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुवै देशका सुरक्षाकर्मीको समन्वय गरी आवत–जावत गर्ने व्यवस्था मिलाइएको छ भने यो अन्य कुनै प्रकारको ओसार पसार तथा आवतजावत भने पूर्ण रुपमा बन्द रहने छ ।















प्रतिक्रिया