पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको निधन पछि खाली रहेको मन्त्री पदमा सरकारले तत्काल मन्त्री नियुक्त नगर्ने भएको छ ।
मन्त्रिपरिषदको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्री नियुक्त नगर्ने बताएका हुन । मन्त्री बाँस्कोटाले प्रश्नको जवाफ फर्काउने क्रममा पर्यटन मन्त्रालय प्रधानमन्त्रीले हेर्दै आएको र राज्यमन्त्री पनि रहेकोले मन्त्री अहिले नियुक्त गर्नु पर्ने अवस्था नरहेको समेत बताएका हुन् ।
सोही क्रममा मन्त्री बाँस्कोटाले पर्यटन वर्ष २०२० लाई समेत पनि मन्त्री नहुँदा केही अप्ठ्यारो नपर्ने भन्दै राज्यमन्त्रीले नै काम गर्ने जानकारी गराएका हुन् ।















प्रतिक्रिया