लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ । इमेज एफ.एम.मा कार्यरत उनको गएराति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
लामो समयदेखि मोर्टार न्यूरोन डिजिज ‘एमएनडी’बाट पीडित श्रेष्ठ ४५ वर्षका थिए । धरान घर भएका सुरज श्रेष्ठले पूर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्समा समेत काम गर्थे ।
त्यस्तै ‘नयाँ परिवर्तन साप्ताहिक’ को सम्पादक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा उनले आफ्नो छुट्टै पहिचान बनाएका थिए । त्यस्तै विक्रम संवत २०५६ सालमा उहाँ इमेज एफएमको स्टेशन म्यानेजरसमेत बने ।
लिरिसिस्ट र कम्पोजरसमेत रहेका सुरज श्रेष्ठले इमेज एफएममा ‘इमेज पप’ लगायतका लोकप्रिय कार्यक्रम चलाउथे । उनले म्युजिक भिडियो डाइरेक्टरको रुपमा समेत काम गर्नु भएको छ । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।















प्रतिक्रिया