Logo

समाचार

न्यूजलाइन्स् मिडियाले मनायो दोश्रो वार्षिकोत्सव, १३ जनालाई विभिन्न सम्मान



पत्रकारिता जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल न्यूजलाइन्स् मिडियाले बैसाक २९ गते काठमाण्डौंमा आयोजित एक समारोहका विच आफ्नो दोश्रो वार्षिकोत्सव भव्यरुपमा मनाएको छ ।

न्यूजलाइन्स् मिडियाकी प्रबन्ध निर्देशक रिता ढकालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष एवम् पूर्वप्रधानन्यायाधी खिलराज रेग्मी प्रमुख आतिथीका रुपमा उपस्थित थिए । उक्त कार्यक्रममा विशिष्ठ अतिथि पूर्व मन्त्री एवम् प्रदेश तीनका सांसद राजेन्द्र प्रसाद पाण्डे तथा पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दिपक महत, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी लगायतको उपस्थिती थियो ।

कार्यक्रममा न्यूजलाइन्स मिडियाको दोश्रो वाषिकोत्सव लेखिएको केक काटिनुका साथै समाजमा अतुलनीय भूमिका निभाउने १३ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा शिव अधिकारी ९अविरल०, माधव प्रकाश सुवेदी, कुमार चालिसे, शिवहरि खनाल, राजेन्द्र मर्हजन, विकास थपलीया, महेन्द्र अधिकारी, विष्णुमाया पौडेल, अबिनाश प्रसाईं, रामबहादुर थापा, मनिषा श्रेष्ठ, मनोजकुमार श्रेष्ठ ९भरेल०, नारायण रेग्मी रहेका छन् ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी रेग्मीले अनलाइन मिडियाले अरुको चोर्ने प्रवृति छाडेर आफ्नो मौलिक समाचार प्रकाशन गर्नुपर्ने बताउँदै भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै मिडिया, सर्वसाधारण सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।

त्यसैगरी विशिष्ठ अतिथि राजेन्द्र पाण्डेले २०४६ सालको आन्दोलनलाई सम्झँदै समाज परिवर्तनमा मिडियाको उल्लेखनीय भूमिका हुने बताए । उनले भ्रमण वर्ष २०२० मा पनि मिडियाले पहिलाको जस्तै भूमिका निर्वाह गर्नुपर्ने जनाए ।

न्यूजलाइन्स मिडियाद्धारा प्रकाशित स्मारिका समेत विमोचन गरिएको उक्त कार्यक्रममा समाचार सम्प्रेषणमा सहयोगी पत्रकारहरूलाई मायाको चिनो प्रदान गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ०५:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।