Logo

खुशिको खबर ! पावनवारीमा बैंक



सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैंकद्धारा कारोबार शुभारम्भ भएको छ । प्रदेश नम्बर १, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय पानवारीको कारोबार शुभारम्भ गरिएको हो । यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २१९ पुगेको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा गरी २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार ०७:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।