प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।संघीय संसद बैठकमा मंगलबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता लिन माग गरे ।
‘संविधानमा प्रेस स्वतन्त्रता सुनिश्चित छ । तर विधेयक बनाउँदा मौलिक अधिकार कुण्ठित गराउने कानुन ल्याउन खोज्ने रु’ खाँणले भने ।
सरकारले गत बिहीबार सदनमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिनुपर्ने उनको भनाइ थियो । सरोकारवाला पक्षसँग छलफल र सहमति नगरी विधेयक सदनमा दर्ता गरेको भन्दै कांग्रेसले विधेयक फिर्ताको माग गरेको हो ।
यो विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने भन्दै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन पनि आन्दोलनमा छ ।















प्रतिक्रिया