प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडिया भ्रमण सकेर आज स्वदेश फिर्ता हुँदैछन्। प्रधानमन्त्रीको भ्रमणका बेला ति दुई देश विच विभिन्न सम्झौता पनि भए । ओलीको महत्वपुर्ण भ्रमणमा बदनाम मान्छेहरुको समेत सहभागिताले भने विवादीत बनेको छ ।
प्रधानमन्त्रीको पिछा गर्दै उनि सँग पोज दिइरहेका व्यक्ति हुन्, विवादित व्यवसायी दीपक मल्होत्रा ।सुनकाण्ड, विमानस्थलको जग्गामाथी अनाधिकृत भवन निर्माण र भ्याट छली प्रकरणमा, यी व्यक्तिको नाम अग्रपंक्तिमा आउछ । महालेखा परिक्षकको कार्यालयले त आफ्नो प्रतिवेदनमा विमानस्थलमा मल्होत्राले बनाईरहेको भवन अनाधिकृत भएको र भाडा समेत नतिरेको भन्दै छानविन गर्न निर्देशन समेत दिएको छ ।
मल्होत्राको कम्पनी रसुवा केडी ज्वाइन्ट भेन्चर प्रालिले विमानस्थलका तत्कालीन महाप्रबन्धक इन्जिनियर रतिश चन्द्रलाल सुमनलाई हातमा लिई केही प्रावधान कानुनविपरीत राख्दै विमानस्थलको जग्गा भाडामा लिएका थिए । उनले ०६९ साल कात्तिक २ गते पर्यटन तथा विमानस्थल व्यवसाय गर्ने भन्दै सो जग्गा लिजमा लिएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको सो जग्गामा सवारी पार्किङ, बाहिर निस्कने मार्ग, आगन्तुक प्रतीक्षालय, चमेनागृह, पर्यटक मनोरञ्जनका लागि पार्क, बगैँचालगायत विमानस्थल व्यवसायसँग सम्बन्धित कामका लागि भवन लगायतका आवश्यक पूर्वाधार संरचना निर्माणका लागि मल्होत्राले सम्झौता गरेका थिए ।
सो भवनबाट उनले मासिक लाखौँमा भाडा उठाइरहेका छन् तर, विमानस्थललाई भवन निर्माण पूरा नभएको भन्दै भाडा बुझाएका छैनन् । विमानस्थलले सम्झौतामै भवन निर्माण सम्पन्न भएपछि मात्र भाडामा लगाउन पाउने र भाडा बुझाउनुपर्ने उल्लेख गरेको थियो ।
यस्तै उनि सुनतस्करीको आरोप पटक पटक लाग्दै गरेका व्यक्ति हुन् । पछिल्लो पटक ३८ क्विन्टल सुन प्रकरणमा उनको नाम आएपछि छानविन र अनुसन्धान नै बन्द गरिएको थियो ।

उनका व्यापारीक साझेदार विमल पोद्दारले मल्होत्राको नाम पोलेपछि उनलाई पक्राउ गर्न खोज्दा उनि फरार जस्तै भएका थिए । तर, पछि राजनीतिक दवावका कारण गृहमन्त्रालयको छानविन समितिको म्याद थप गरिएन र उनि स्वदेश फर्किए । यो प्रकरणका उनि पुराना खेलाडी मानिन्छन् ।
त्यसै गरि प्रधानमन्त्रीको भ्रमणमा सामेल अर्का विवादीत व्यक्ति हुन् चन्द्र ढकाल स्विस बैकमा अरबौ कालो धन लुकाएको आरोप लागेका उनि पनि ओली सँगै पोज दिइरहेका देखिन्छन् । चन्द्रागिरी हिल्समा अवैध संरचना बनाएर राज्यको सम्पत्ती माथि व्यक्तिगत फाइदाका लागी दोहन गरिरहेका उनि ओली जता जान्छन् उतै पिछा गर्न छोडेका छैनन्।
विवादित अनुहारहरुलाई लिएर हिड्दा भ्रष्टाचारको विरोध गरेर नथाक्ने हाम्रा प्रधानमन्त्रीको प्रतिष्ठामानै आँच आउने अवस्था बनेको छ ।

















प्रतिक्रिया