नेकपाका नेता ईश्वर पोखरलले पार्टीमा छलफल गरी विचार स्पष्ट नभएसम्म पार्टी एकता नटिक्ने बताएका छन् ।
बुधबार युवासंघको स्थापना दिवसको कार्यक्रमलाइै सम्बोधन गर्दै नेकपाले दुई धार र तीन तरेलीका आधारमा अघि बढ्नुपर्ने बताएका हुन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता प्रकृया टुङिगन लागेको अवस्थामा योजनाबद्ध नेतृत्व निर्माणमा नलागे विचार, संगठन र नेतृत्वका प्रश्नमा बहस नै नभएको भन्दै नेतृत्वको चर्को आलोचना समेत गरे ।
‘सोलोढोलो प्रकृयाबाट पार्टी चल्दैन । त्यसपछि दुर्भाग्य हुनेछ’ पोखरलले पार्टीमा छलफल नै नहुने गरेकोप्रति आक्रोश व्यक्त गर्दै पार्टीको आचरणबारे जनताले बुझ्नेगरी एकरुप धारणा बनाउनु जरुरी भएको बताए ।उनले विचारबाट निर्दे्शित भएको पार्टी ठुलो भएपनि मिसन पुरा गर्न नसक्ने चेतावनी दिए ।
नेता पोखरेलले त्यसका लागि पार्टीमा युवा पुस्तालाई हस्तक्षेप गर्न सुझाव समेत दिए ।‘अबको पार्टी विचारमा सुस्पष्ट बन्न सक्नुपर्छ । अस्पष्टता रह्यो भने एकताको खुशीयाली मनाउँदै गर्दा निणार्यक जीत हासिल गर्न सक्दैन । संसारका कम्युनिष्ट शासकहरु पुँजीवादीहरुले गोली नहानी ताजमहल ढलेझै ढलेको इतिहास छ । हाम्रो पार्टी त्यस्तो हुनुहुँदैन । त्यसका लागि नेतृत्वले सोच्न जरुरी छ । दूर्भाग्य भोग्नु नपरोस्’ पोखरेलले चर्को असन्तुष्टि जनाए ।
दुई कम्युनिष्ट पार्टी एक हुनु कम्युनिष्ट कार्यकर्ताको चाहाना र जनताको आवश्यक्ता भएको भन्दै त्यो चाहाना र आवश्यक्ता पुरा गर्न विचार, संगठन र नेतृत्वको स्पष्टता हुन जरुरी रहेको उनले बताए ।















प्रतिक्रिया