प्रचण्डसँग चुनाव लड्छु भन्ने गगन थापाको धम्कीमात्र भएको छ । उनी निर्वाचनका बेला सधैं प्रचण्डसँग उठ्छु भन्ने गर्छन् तर अन्तिममा भने पछि हट्छन् ।२०७० सालको संविधानसभाको निर्वाचनमा उनी काठमाडौं–४ बाट निर्वाचन लडे । अन्य क्षेत्रमा भने पहिले निर्वाचित भएका वा उम्मेदवार नै भएकालाई फेरि टिकट दिएको भएपनि गगनले पहिले निर्वाचित सांसद सुप्रभा घिमिरेको पद खोसे ।
उनले महिलाको हक अधिकारको पक्षमा खुबै ठूला कुरा गरेपनि घिमिरेमाथि भने प्रहार गरेका छन् । उनले घिमिरेलाई नै त्यो ठाउँबाट उम्मेदवार बनाइनुपर्छ भनेर अडान पनि लिएनन् बरु उल्टै उम्मेदवारी खोसिदिए ।
प्रचण्ड २०७० सालमा २ ठाउँबाट उठेका थिए, काठमाडौं–१० बाट कांग्रेस उम्मेदवार राजेन्द्रकुमार (राजन) केसीले प्रचण्डलाई हराए । प्रचण्डले त्यतिबेला सिराहा–५ बाट जिते । एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठलाई हराइयो । मतगणना हुँदाहुँदै रोकेर भएपनि प्रचण्डलाई जिताइयो । मतगणनाअघि नै प्रचण्डले काठमाडौंबाट हारिसकेका थिए ।
गगनले अहिलेसम्म प्रचण्डसँग उठ्ने आँट गरेका छैनन् । गगन २०६४ सालमा समानुपातिक सांसद थिए । २०७० र २०७४ मा निार्वचन जिते । हिजो मदन भण्डारीले पनि राजालाई ‘श्रीपेच खोलेर चुनावमा लड्न आउ’ भनेका थिए । निर्वाचनमा पार्टीका प्रमुख नेताहरुलाई जिताउन ‘सेटिङ’ मिलाइने गरिन्छ । प्रचण्डले गतवर्ष सम्पन्न निर्वाचनमा चितवनबाट निर्वाचन जिते ।
















प्रतिक्रिया