Logo

अर्थ

पर्यटकिय क्षेत्र दोहन गर्न प्रदेश सरकारकै ४ लाख बजेट



सरकारले बजेट विभिनयोजन गर्दा विकाशको आवश्यकता हेरेर बजेट विनियोजन गर्नुपर्ने हुन्छ । त्यहाँको वस्तु स्थीती वातावरण र जनताको आवश्यकता सरकारको मुख्य विषय हो । यसलाई सरकारले कसरी नियाल्ने भन्ने मुख्य कुरा हो ।

सुदुपश्चिम प्रदेश सरकारले भने अछाम जिल्लाकै प्रमुखय पर्यटकिय क्षेत्रमा पर्ने बाह्र वण्ड अठार खण्डमा पर्ने गराह ताल दोहन गर्न बजेट विनियोजन गरेको छ । यसको जिम्मेवारी फरक वडालाई सुम्पिएको छ ।

सर्वसाधारणको नजिकको सरकार रामारोशन गाउँपालिकाले सुधारकाृ क्षेत्रमा अघि बढ्नुपर्ने हुन्छ । तर, गाउँपालिकाले पनि त्यस ताल क्षेत्रको दोहन हुँदा पनि चुईक्क बोलेको छैन् ।

उल्टै तालमा निर्माण गरिएका जग्गा र घरगोठहरुको कर तिरेर उपभोग गर्न बजेट बिनियोजन गराएको छ। ताल क्षेत्रभन्दा माथि पर्ने साविकको रामारोशन गाविस हालको वडा नम्बर ५ को सिमाना आघा सुनिवन, आडेखाँद स्कुल र एक्लेसल्ला सम्म हो । तर, सिमाना भन्दा १० किलोमिटर तल रहेको तालमा अर्कै वडाले कब्जा जमाएर घरहरु निर्माण गर्दा समेत वडा अध्यक्षले कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार ०२:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।