साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मंगलबार हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफनो शाखा विस्तार गरि कारोवार शुभारम्भ गरेको छ । यसरी अब यस विकास बैंकको कुल शाखा संख्या ८६ पुगेको छ भने बैंकको थप ५ शाखा उदघाटन हुने क्रममा रहेका छन ।
शाखा कार्यालयको विधिवत रुपमा उदघाटन बैंकका संचालक समिति अध्यक्ष श्री अच्यूत प्रसाद प्रसाई र सिमकोट गाउँ पालीकाका अध्यक्ष श्री पदम बहादुर लामाबाट संयूक्त रुपमा गरे । उक्त कार्यक्रममा सिमकोट गाउँ पालिकाका उपाध्यक्ष बली रावत लगायत वडाध्यक्षहरु, कार्यकारी प्रमुख एवं हुम्ला जिल्ला न्यायाधिश श्री केशव बहादुर पाण्डे, प्रमुख जिल्ला अधिकारी श्री माधव प्रसाद ढुङ्गाना लगायत विभिन्न सरकारी निकायका प्रमूखहरु, विभिन्न राजनितीक दलका अध्यक्ष एवं प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य एवं बैंकको बारेमा संक्षिप्त जानकारी बैंकका क्षेत्रिय प्रवन्धक जयन्द्र खडकाले गरेका थिए भने उधोग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्गेल तामाङले आफ्नो मन्तव्य राख्दैं हुम्ला जिल्लामा विकास बैंकको आवश्यकता रहेको र यस बाट सम्पुर्ण हुम्लाबासिको बैंकिङ्ग पहुचमा मद्दत मिल्ने व्यहोरा जानकारी गराए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वडा अध्यक्षहरुको तर्फबाट वडा नं. ६ का अध्यक्ष जयचन्द्र रोकायाले बैंकलाई हुम्ला बासिको साथ रहने जानकारी गराउँदैं बैंकलाई जिल्लामा स्वागत गरे ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दैँ हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री माधव प्रसाद ढुङ्गानाले बैंक संचालन भएकोमा खुशि व्यक्त गर्नुका साथैं बैंकले ग्राहकको मन जितेर कारोबार गर्नुपर्ने, सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने व्यहोरा जानकारी गराउँदैं बैंकको प्रगतीको कामना गरे सभाका प्रमुख अतिथी सिमकोट गाउँपालीकाका प्रमुख पदम बहादुर लामाज्यूले बैंकलाई सिमकोट बासिले स्वागत गरेको र यसका सेवा सुविधाहरुले समेत यस गाउँपालिकाको आर्थिक विकासका मद्दत पुग्ने भएकाले बैंकलाई सहयोग गर्न तत्पर रहेको व्यहोरा जानकारी गराए ।
कार्यक्रम एवं यस विकास बैंकका अध्यक्ष श्री अच्यूत प्रसाद प्रसाईले बैंकले यस जिल्लामा यस अघि समेत कर्जा लगानी गरिसकेको र यस जिल्लामा संकलन भएको सम्पुर्ण निक्षेप यहि क्षेत्रमा लगानी गरीने व्यहोरा जानकारी गराउँदै बचत गर्ने बाँनी बसाल्नु आवश्यकता रहेका कारण बैंकले घरदैंलो एवं नेपाल सरकारको खौंलौै खाता अभियानलाई यस जिल्लामा पनि जारी राख्ने जानकारी गराउँदैं कर्णाली अञ्चलको यस रमणिय क्षेत्रमा शाखा खोल्न पाउँदा खुशि लागेको र यस शाखाले हुम्ली जनताको आर्थिक स्तर वृद्घिका लागी अहम भुमीका खेल्ने विश्वास व्यक्त गरे ।
















प्रतिक्रिया