Logo

पत्रपत्रिका

अब १८ वर्ष पुगेपछि मात्रै चालक लाइसेन्स !



प्रदेश ३ सरकारले १८ वर्ष पुगेपछि मात्र सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० दिने कानुन बनाएको छ । हालको कानुन अनुसार १६ वर्ष पुगेपछि दुईपांग्रे सवारीको लाइसेन्स लिन सकिन्छ । नयाँ व्यवस्थासहितको ‘प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७५’ १८ माघमै राजपत्रमा प्रकाशित भइसकेको छ । नयाँ प्रावधान लागू गर्न प्रदेश सरकारले केन्द्रीय सरकारलाई आग्रह गरेको छ ।

यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङकी प्रमुख कमला थापा खत्रीले केन्द्रीय सिस्टम अनुसार नै काम हुने भएकाले नयाँ कानुन लागू हुन नसकेको बताइन् । ‘प्रदेश ३ सरकारले बनाएको कानुनमा लाइसेन्सका लागि १८ वर्ष उमेर पुग्नुपर्ने प्रावधान छ,’ उनले भनिन्, ‘नयाँ प्रावधान लागू गर्न हामीले यातायात व्यवस्था विभागलाई भनेका छौँ । तर विभागको सिस्टम परिवर्तन भएको छैन ।’

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने प्रदेश सरकारले बनाएको कानुन लागू नहुने सम्भावना रहेको बताए । ‘संघीय कानुनसँग बाझिने प्रदेश कानुन लागू हुन सक्दैन,’ उनले भने, ‘लाइसेन्सका लागि न्यूनतम उमेर १६ नै हुने सम्भावना छ ।’ संघीय सरकारले नयाँ कानुन बनाइसकेको छैन । ‘हामीले नयाँ कानुन बनाउनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाइसकेका छौँ,’ उनले भने, ‘केन्द्रीय कानुन निर्माण भइसकेपछि प्रदेश सरकारहरूले त्यही अनुसार एकरूपता हुने गरी कानुन बनाउनु पर्छ ।’

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार ०१:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।