राजधानी काठमाडौंमा बाटिक मेला शुरु भएको छ । इन्डोनेसियाली दूतावास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्धारा आयोजित सो मेला राजधानीको दरबार मार्ग स्थित होटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको हो । नेपालका लागि इन्डोनेसियाली राजदूत रिनो पि सोएमर्माे (Rina P. Soemarmo) र नेपालकालागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले संयूक्त रुपमा उद्घाटन गरेका हुन् ।
आइएमई ग्रुप र आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभल सहआयोक रहेको उक्त मेलामा इन्डोनेसियाली बाटिकद्धारा निर्मित पहिरनहरु प्रदर्शनमा राखिएको छ । मेलामा बाटिक कपडाका सौखिनहरुका साथै नेपालमा रहेका इन्डोनेसियाली समुदायका नागरिक र नेपालतथा इन्डोनेसियाका ट्राभल एजेन्सीहरुको पनि सहभागिता रहने छ ।

उक्तमेलाको उद्घाटन गर्दै नेपालका लागि इन्डोनेसियाली राजदूत सोएमर्माेले इन्डोनेसिया र नेपालको सम्बन्धको घनिष्ठताको चर्चा गरे । इन्डोनेसिया नेपालको एक हितैषी राष्ट्र हो भन्दै यी दुई देशबीच धार्मिक, सांस्कृतिक लगायतका धेरै क्षेत्रमाअसल सम्बन्ध रहिआएको स्पष्ट गरे । नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत ढकालले नेपाल र इन्डोनेसियाबीचको असल सम्बन्धको चर्चा गर्दै पछिल्लो समयमा इन्डोनेसिया र विशेषगरी त्यहाँको बाली टापू नेपाली पर्यटकहरुको एक आकर्षक गन्तव्य बनेको बताए ।
दुई देशबीचका सांस्कृतिक समानताहरुलाई जनस्तरमा पु¥याउन र एकले अर्का देशका पर्यटकहरुलाई आफ्नो देशमा स्वागत गर्नका लागि गएका केही वर्षयता देखि यस्ता सांस्कृतिक आदान प्रदान काकार्यक्रमहरु जारी राखिएको उनले बताए । पछिल्लो समयमा यी दुई देशकानागरिक एक अर्काे देशमापर्यटकका रुपमा भित्रिने संख्यामा उल्लेख्य वृद्धि भएको र यसले आगामि दिनमा नेपालमा इन्डोनेसियाली लगानी आकर्षित गर्न पद्दत पुग्ने ढकालले बताए ।
उद्घाटन कार्यक्रममा इन्डोनेसियाको कला र संस्कृति झल्किने खालका विविध सांस्कृतिक कार्यक्रम तथा इन्डोनेसियाली बाटिकबाट निर्मित पहिरनहरुको ‘फेसन सो’ पनि प्रस्तुत गरिएको थियो । २०७६ सालअसार १९ गते विहीवारबाट शुरु भएको उक्त वाटिक प्रदर्शनी २०७६ सालअसार २० गते शुक्रबार साँझ ५ बजेसम्म संचालनमा आउनेछ ।
















प्रतिक्रिया