Logo

बागमती प्रदेश

प्रहरी हिरासतबाटै फरार रहेका दुईजना पक्राउ



ललितपुरको भैंसेपाटी प्रहरी प्रभागबाट फरार भएका तीनजना थुनुवामध्ये दुईजना बुधबार पक्राउ परेका छन् । काठमाडौंको कीर्तिपुरबाट शमशेर माझी र रुद्रलाल श्रेष्ठलाई परिसर ललितपुर र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरिएको परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

प्रहरीका अनुसार शमशेर माझी, रुद्रलाल श्रेष्ठ र रवि कुमार तिमल्सिना हिरासतको ग्रिल तोडेर भागेका थिए । उनीहरु चोरी र लागुऔषध मुद्दामा केही दिनअघि पक्राउ परेका थिए ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार १३:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।