Logo

शेयर बजार

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने बढेन



नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सामान्य सुधार देखिएको छ । गत साताको अन्तिम दिनदेखि लगातार ओरालो लागिरहेको नेप्से सोमबार २.४८ अंकले उकालो लागेको हो । यस्तै ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि ०.१९ अंकले बढेर २ सय ७३ अंकमा पुगेको छ ।

नेप्सेमा सुधार देखिए पनि कारोबार रकममा भने उत्साह देखिएको छैन । १ सय ६६ कम्पनीको १० लाख ८४ हजार कित्ता शेयर किनबेच हुदाँ ३१ करोड ६६ लाखको मात्रै कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी नेपाल लाईफ इन्सुरेन्सको कारोबार भएको छ । नेपाल लाईफको २ करोड ३६ लाखको कारोबार भयो । त्यसपछि सबैभन्दा बढी कारोबार हुनेमा सिभिल बैंक छ । उसको १ कारोड ७८ लाखको शेयर कारोबार भयो ।

नेप्से बढेसँगै उपसूचकमा पनि हरियाली छाएको छ । सोमबार निर्जीवन बीमा २१.८३, जीवन बीमा ६.४ र म्युच्युअल फन्ड ०.१९ अंकले घट्यो भने बाँकी सबै उपसूचक उकालो लाग्यो ।  सोमबार सबैभन्दा बढी १७.०९ अंकले होटल समूहको नेप्से बढ्यो ।

मंगलबार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने माहुली सामुदायीक लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार १२:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।