Logo

प्रमुख समाचार

सुनको भाउ अहिलेसम्मकै उच्च



सुनको भाउ बढ्ने क्रम जारी छ। सुनको भाउ शुक्रबार अहिलेसम्मकै महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आज सुन तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ। बिहीबार ४ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेको हो ।

गत असार १० गते सुनको भाउ तोलाको ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार १०:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।