विभिन्न बहानामा सेवाग्राहीलाई दु:ख दिने गरेको एनआइसी एशिया बैंकले सुर्खेतमा मनपरी शुल्क लिएको खुलासा भएको छ । उक्त खुलासा सँगै उद्योग बाणिज्य संघ सुर्खेतले गम्भीर ध्यानाकर्षण भएको भन्दै बिज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो ।
संघले विभिन्न बहानामा बैंकले लिदैं आएको शुल्क घटाउन माग गरेको हो । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय कार्यलयलाई सम्बोधन गर्दै बैंकले जथाभावी रुपमा उठाउँदै आएको शुल्क घटाउन माग गरेको हो ।
सुदुरपश्चिम उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेल द्वारा हस्तारक्षरित बिज्ञप्तीमा स्थानीय तहहरुले समेत विभिन्न बहाना र शिर्षकमा संकलन गर्ने करको दायित्व समेत निजी क्षेत्रले पुर्ण सहज तथा इमानदारीताका साथ उठाइरहेको समेत स्मरण गराउँदै एनआइसी एशिया बैंकको सुर्खेत शाखाले विभिन्न शिर्षकमा प्रवाह गरेको ॠण लगानिमा समेत राष्ट्रबैंकको नितिविपरित काम गरेको समेत स्मरण गराउँदै यसले व्यावसायिहरुलाई मर्का परिरहेको उल्लेख छ ।
बिज्ञप्तीमा अगाडि भनिएको छ, ` नवीकरण गर्दा तीन प्रतिशत चर्को नवीकरण शुल्क उठाउनु राष्ट्रबैंकको नियम बिपरित रहेकाले एकपक्षीय निर्णय सच्याउन माग गर्दछौं । ´ बैंकको यस्तो कार्यले निजि क्षेत्र नै पिडित हुने अवस्था आएको समेत उल्लेख गरिएको छ ।
ठुला साना उद्योगी, व्यावसायी माथी लादिएको चर्को नवीकरण शुल्क घटाएर बैंकिङ्ग कारोबारलाई सहज बनाउन पनि संघले माग गरेको छ ।
















प्रतिक्रिया