Logo

अर्थ

नयाँ रेकर्ड रच्दै पाम आयल निकासी, आठ गुणाले बृद्धि



मुलुकमा आयात मात्र बढिरहेको गुनासो आइरहेका बेलामा पाम आयलको निकाशी आठ गुणाले बृद्धि भएको छ । मुलुकमा उत्पादन नै नहुँने एबं निर्यात कम भईरहेने बेलामा पाम आयलको मूल्य अभिवृद्धि (भ्यालु एड) पनि न्यूनमात्रै हुने पाम आयलको निर्यातले भने हरेक महिना नयाँ रेकर्ड राख्न थालेको छ ।

बुधबार सार्वजनिक भएको नेपाल राष्ट्र बैंक तथा भन्सार विभागका छुट्टाछुट्टै तथ्याकंअनुसार पाम आयलको निकासी करिब आठ गुणाले बढेको छ । गत आर्थिक वर्षभरी १० अर्ब रुपैयाँको निर्यात भएको पाम आयल यो वर्षको चार महिनामै सवा ८ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको हो ।

भन्सार विभागको तथ्याकंअनुसार चालू आवको पहिलो महिनामा १ अर्ब ७५ करोड ५६ लाख ९० हजार रुपैयाँको निर्यात भएकोमा चार महिनासम्म आइपुग्दा आठ गुणाले बढेर ८ अर्ब ३६ करोड ८५ लाख ८ हजार रुपैयाँको निर्यात भएको छ । यो समाचार आजको मध्यान्ह दैनिकमा छापिएको छ।

प्रकाशित मिति : ३ पुष २०७६, बिहीबार ०२:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।