Logo

प्रमुख समाचार

कोरोनाको डरले फ्यानसँग सेल्फि लिन सन्नीले गरिन् अस्वीकार



बलिउड नायिका सन्नी लियोनी अहिले सामाजिक सञ्जालमा ट्रोल भैरहेकी छिन् । उनले फ्यानसँग सेल्फि लिन अस्वीकार गरेपछि उनी ट्रोलको शिकार भएकी हुन् ।

कतिले त उनलाई घमण्डी भएको समेत बताइरहेका छन् । सन्नी लियोनीले भने कोरोना भाइरस को त्रासका कारण फ्यानसँग सेल्फि खिच्न अस्वीकार गरेको बताएकी छिन् ।

उनले अरुलाई पनि कोरोना भाइरस बाट बच्न आग्रह गरेकी छिन् । उनले भिडभाडमा नजान र कसैसँग नजिक नहुन आग्रह गरेकी छिन् । सन्नीले आफ्नो स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा भएकाले सावधान रहन आवश्यक भएको बताएकी छिन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार १७:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।