Logo

प्रमुख समाचार

क्वारेन्टिनमै बलात्कारमा संलग्न बलात्कारीलाई कडा कार्वाही गर्न सांसद संग्रौलाको माग



कैलालीको लम्किचुहा नगरपालिका – १ स्थित शहिद स्मृति माविको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलामाथि सामूहिक बलात्कारका संलग्न दोषीहरुलाई कडा भन्दा कडा कार्वाही गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौला पन्तले सरकारसँग माग गरेकी छिन् ।

कैलालीको लम्किचुहा नगरपालिकाको शहिद स्मृति माविको क्वारेन्टिनमा रहेकी महिलालाई क्वारेन्टिनको सुरक्षामा खटिएका स्वयंसेवकहरुबाट नै सामूहिक बलात्कार गरेको सार्वजनिक भएपछि सांसद संग्रौलाले दोषीलाई कडा कार्वाही गर्न शृङ्खलाबद्ध रूपमा बढेका महिला हिंसा न्यूनीकरण गर्न सरकारसँग माग गरेकी हुन् ।

अनलाइनपाना सँग कुरा गर्दै सांसद संग्रौलाले ‘क्वारेन्टिनमा बसेकी महिला त्यहीँको सुरक्षामा खटिएका स्वयंसेवकबाट सामूहिक बलात्कारको शिकार हुनुपरेको घटनाले हामी सबैको शिर लाजले निहुरिएको छ । यस्तो पाशविक घटनाको जति नै भत्सर्ना गरेपनि पुग्दैन । सरकारको प्रत्यक्ष निगरानीमा रहेको क्वारेन्टिनमा समेत महिला असुरक्षित हुन्छन् भने अन्यत्रको अवस्था कस्तो होला ?’ सांसद संग्रौलाको प्रश्न छ ।

यस्तो दानविय प्रवृत्तिलाई सिंगो मुलुकले नै तिरस्कार गर्दै अपराधीलाई कडा कानुनी कार्वाहीको दायरामा ल्याउन तथा कोशोरी एंव महिलामाथि हुने शृङ्खलाबद्ध रूपमा घटना घट्दा समेत सरकारले आफ्नो प्रत्यक्ष निगरानीमा रहेका क्वारेन्टिनमै नेपाली चेलीहरुको अस्मिता बचाउन नसक्नु दु:खद भएको टिप्पणी गरिन ।

स्वयंसेवकहरु बाट नै हाम्रा चेली असुरक्षित हुन्छन् भने अब सम्पूर्ण महिलाहरूको ज्यु-ज्यानको सुरक्षा कस्ले गर्ने ? प्रश्न गर्दै सांसद संग्रौलाले सरकार नागरिकको सुरक्षा गर्न असफल बन्दै गएको हो कि भन्ने प्रश्न खडा भएको भन्दै यदी त्यस्तो होइन भने घटनामा संलग्न दोषीहरुलाई कडा कार्वाही गर्न माग गरिन ।

लम्किचुहा नगरपालिकाको सामूहिक बलात्कारमा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको तथा घटनाबारे आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार ०९:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।